स्टक र वस्तु विनिमय बजारको लाइसेन्सको लागि १० दिनभित्र निवेदन दिनुपर्ने

स्टक र वस्तु विनिमय बजारको लाइसेन्सको लागि १० दिनभित्र निवेदन दिनुपर्ने

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक र वस्तु विनिमय बजारको लाइसेन्सको लागि पुन: सूचना निकालेको छ। बोर्डले बिहीबार सूचना निकाल्दै आउने १० दिन भित्र निवेदन दिन भनेको छ।

बोर्डले यस अघि २०७९ असोज २ गते ४५ दिनको समय दिएर नयाँ स्टक र बस्तु विनिमय बजारको लाइसेन्सकोलागि आवेदन दिन भनेको थियो। तर सर्वोच्चले ४५ दिन नपुग्दै गत कार्तिक ४ गते अल्पकालीन अन्तरिम आदेश दिँदै उक्त प्रक्रिया यथा स्थितिमा राख्न भनेको थियो। त्यसपछि गत चैत्र २६ मा रिट खारेज भए सँगै पुन प्रक्रिया अघि बढाउन लागेको बोर्डले जारी गरेको सूचनामा भनिएको छ। अघिल्लो समय निकालिएको सूचनामा तोकिएको म्याद अनुसार बिहीबार प्रकाशित सूचना अनुसार १० दिन भित्र निवेदन पेस गर्न भनेको छ।

बोर्डको सूचना अनुसार आउने १० दिन भित्र नयाँ स्टक र बस्तु विनिमय बजारको लागि आवेदन दिन सकिने छ। आवेदन खुले सँगै निवेदन दिन चाहने उत्साहित भएका छन्।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *