विटु केसीको गजल

विटु केसीको गजल

गजल

निको पार्ने औषधि मागेको छ आजकल
अचम्मको रोगले दागेको छ आजकल

जति समाउन खोज्छु उति फुस्किरहन्छ
आफैबाटै केही चिज भागेको छ आजकल

जब आफ्नैका अनुहारहरू बदलिँदै गए
ऐना हेर्न असाध्य डर लागेको छ आजकल

सकेसम्म खोजे तिनको मनभित्र कति
अपनत्व त भित्तामा टाँगेको छ आजकल

यो जीवन मिथ्या, जगत सारा भ्रम लाग्छ
अवचेतन मन कतै जागेको छ आजकल
(विटु के.सी.-अमेरिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *