परराष्ट्रमन्त्रीमा साउद, दिउँसो ३ बजे शपथ


  • परराष्ट्रमन्त्रीमा साउद, दिउँसो ३ बजे शपथ

    काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद आज परराष्ट्रमन्त्री नियुक्त हुँदै छन् । उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।नयाँ मन्त्रीको शपथग्रहण आजै दिउसो ३ बजे गराउने तयारी रहेको स्रोतले जनाएको छ ।

    मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

    वैशाखको तेस्रो साताभित्रै भारत भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री नियुक्तिको तयारी थालेका हुन् । गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालले दोस्रो पटक बनेको मन्त्रिपरिषद्लाई पूर्णता भने अझै दिन सकेका छैनन्।



  • गठबन्धन दलबीचको भागबन्डामा परराष्ट्रमन्त्री नेपाली कांग्रेसको भागमा परेको थियो। शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार विस्तारका लागि छलफल गरेका थिए। छलफलकै क्रममा परराष्ट्रमन्त्रीका लागि नाम पठाउन कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीले आग्रह गरेका थिए।

    देउवाले परराष्ट्रमन्त्रीका लागि शनिबारै साउदको नाम पठाएका हुन्। साउद सुदूरपश्चिम प्रदेशको कञ्चनपुरबाट प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *