परराष्ट्रमन्त्री साउदले लिए शपथ


  • परराष्ट्रमन्त्री साउदले लिए शपथ

    काठमाण्डौं । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले शपथ लिएका छन्।आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।

    शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरे, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत उपस्थित थिए। 

    शपथग्रहण कार्यक्रमपछि उनले पदभार सम्हालेछन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।



  • कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

    सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। 

    यसअघि कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री, रमेश रिजाल उद्योगमन्त्री र पूर्णबहादुर खड्का रक्षामन्त्री बनिसकेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *