सकियो सिनेमा ‘जय हो’को छायांकन


  • सकियो सिनेमा 'जय हो'को छायांकन

    काठमाडौं : शोभित बस्नेतको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमा 'जय हो'को छायांकन सकिएको छ।
    पोखरा र मुस्ताङका विभिन्न स्थानमा गरि सिनेमाको छायांकन ३० दिनमा सकिएको हो।

    मुस्ताङको मुक्तिनाथमा अन्तिम सट लिँदै निर्माण टिमले छायांकन सकिएको जानकारी दिएको हो। सिनेमाको छायांकन पोखराबाट सुरु भएको थियो। पोखरामा १० प्रतिशत र मुस्ताङमा ९० प्रतिशत यो सिनेमाको छायांकन गरिएको बताइएको छ।

    टेक पौरखी राईको निर्देशन रहेको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकि अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ प्रेम पाण्डे , दिपा शक्या श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ अथिती कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।



  • सिनेमाको द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह र गौतमराज खड्का रहेका छन् ।

    सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । वितरक काठमाडौं डिसिएन, जिजिए ग्रुप र उपत्यका बहिरा एफडि कम्पनी रहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *