न्युरोडबाट पाँच किलो सुनसहित दुईजना पक्राउ


  • न्युरोडबाट पाँच किलो सुनसहित दुईजना पक्राउ

    नेपालगञ्ज ।बाँके प्रहरीले झण्डै ५ किलो सुनसहित २ जनालाई नेपालगञ्जको न्युरोडबाट पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो ।

    नेपालगञ्जको न्यूरोड क्षेत्रबाट पक्राउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका छन् । उनीहरुलाई प्रहरीले ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो ।



  • प्रहरीका अनुसार उनीहरुले तयारी गरगहना बनाएर ल्याएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट सुनको सिक्री, माला, वाला, चुरी, झुम्का मुन्द्री, ब्रासलेट, हार, औंठीलगायतका गरगहना बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *