सहिद पदम लिम्बुको शनिबार अन्त्येष्टि गरिँदै


  • सहिद पदम लिम्बुको शनिबार अन्त्येष्टि गरिँदै

    काठमाडौं । ‘कोशी प्रदेश’ नामाकरण विरुद्धको आन्दोलनका क्रममा प्रहरीको कुटाईबाट निधन भएका सहिद पदम लिम्बु लाजेहाङको शव शनिबार अन्त्येष्टि गरिने भएको छ ।

    गत चैत ५ गते विराटनगरमा भएको विरोध प्रर्दशनका क्रममा प्रहरीसँगको झडपमा घाइते भएका लाजेहाङको १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    एक महिनादेखि मर्चरीमै राखिएको उनको शव झण्डै एक महिनापछि भोलि शनिबार बेलबारीमा अन्त्येष्टि गर्न लागिएको संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए । शनिबार दाहसंस्कारअघि शव यात्रा गरिने छ ।



  • भोलि बिहान १० बजे धरान, ११ बजे इटहरी, साढे १२ बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर साढे २ बजे शवलाई लाजेहाङको घर बेलबारीमा पुर्‍याइनेछ ।

    त्यसपछि अपराह्न ४ बजे शवको अन्तिम संस्कार गरिने उनले जानकारी दिए । लाजेहाङलाई सरकारले सहिद घोषणा गरिसकेको छ भने प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *