‘नेपालगन्ज जेसिज सप्ताह २०२३’ : शुक्रबार गरियो लागु औषध सचेतता कार्यक्रम


  • 'नेपालगन्ज जेसिज सप्ताह २०२३' : शुक्रबार गरियो लागु औषध सचेतता कार्यक्रम

    नेपालगन्ज : गत वैशाख १ गतेबाट सुरु भएको 'जेसिज सप्ताह २०२३' अन्तर्गत शुक्रबार नेपालगन्जमा लागु औषध प्रयोग रोकथाम न्यूनीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

    जेसिजले आयोजना गरेको साप्ताहिक कार्यक्रम अन्तर्गत चौथों दिन लागुऔषध सचेतना कार्यक्रमका सभापति नेपालगञ्ज जेसिज बर्ष २०२३ का अध्यक्ष जेसी रोशन केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो।

    कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र र लागु औषध निःशुल्क परामर्श केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी प्रमुख अतिथिको रुपमा रहेका थिए भने विशिष्ट अतिथिको रुपमा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि चिरन्जिबी शर्मा र जिल्ला प्रहरी कार्यालय बाँकेका इंस्पेक्टर नरेश बिक रहेका थिए।



  • त्यस्तै, नेपालगंज सेण्ट जेभिएस स्कुलका संस्थापक कमल देवकोटा लगायत नेपालगञ्ज जेसिजका सम्पूर्ण टिमहरु र स्कुलका भाई बहिनीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक जेसी प्रकाश कुँवरले बताए।

    कार्यक्रमलाई सफल बनाऊनका लागि सह-संयोजकको रुपमा जू.जेसी शिशिर सुवेदी रहेका थिए। कार्यक्रममा लागु औषध प्रयोगका हानीहरु र न्यूनीकरण सम्बन्धि छलफल गरिएको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *