आज तीन जिल्ल्मा उपनिर्वाचन


  • आज तीन जिल्ल्मा उपनिर्वाचन

    काठमाडौं । आज प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपनिर्वाचन हुन लागेको हो ।

    गत मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि उनको पद गएको थियो ।



  • यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

    तीनै क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोएिको निर्वाचन आयोगले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *