अयोध्यामा राम मन्दिर निर्माणका लागि मोदीले आज भूमि पूजा गर्ने


  • अयोध्यामा राम मन्दिर निर्माणका लागि मोदीले आज भूमि पूजा गर्ने
  • जनकपुर २१, साउन । अयोध्यामा राम मन्दिर निमार्णका लागि बुधबार भूमि पूजा हुने हुँदैछ। राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा हुने जनाएको छ । भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको कोषलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अयोध्या जमिन विवादमा सर्वोच्च अदालतको फैसलापति केन्द्र सरकारले कोष बनाएको थियो । मंगलबार बिहान हनुमान गढीमा पूजा गरेर अयोध्यामा मन्दिर निर्माणका लागि विशेष भूमि पूजाको प्रक्रियाको सुरुवात भएको हो । कोरोना भाइरसको महामारीका बिच भूमि पुजन गर्न लागेको भनेर आलोचना पनि भइरहेको छ । तर कोषले सामाजिक दूरीसहितका नियम पालना गरिने र १७५ जनाको मात्रै सहभागिता हुने उल्लेख गरेको छ । जनकपुरको माटो र चाँदीका इँटा बोकेर नेपाली टोली अयोध्या प्रस्थान भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *