चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर


  • चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर

    काठमाडौँ ।
    महेन्द्र भवन भूतपूर्व विद्यार्थी संघ नेपाल (अम्बान)ले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसंगको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अम्बानले यही वैशाख १ र १६ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा २ दिने शिविर सञ्चालन गरेको हो ।

    निःशूल्क शिविरमा सिन्धुपाल्चोकका ६०० जनाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्दका बरिष्ट डा. रबि मल्ल तथा वहाँका समूहका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका थिए । उक्त परिक्षण कार्यक्रमका क्रममा ५ जना बिरामीलाई थप उपचारको आवश्यक देखिएको थियो । र, उक्त उपचार शहिद गंगालाल हृदय केन्द्रले निःशुल्क र सहुलियतमा गरिने जानकारी दिए ।



  • कार्यक्रममा अम्बानका अध्यक्ष सुजन मेन्डिजले निकट भविष्यमा यस्ता कार्यक्रमहरु देशका कुना कुनामा आयोजना गरी देशभरका मुटुरोगीहरुलाई उपचार गरी सेवा पुर्याउने बताए । अम्बानले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका निर्देशक डा. कमलबहादुर खड्काको संयोजकत्वमा महेन्द्र भवन माध्यमिक आवसीय बिद्यालयका बिद्यार्थीहरुलाई निःशूल्क दृष्टि जाँच कार्यक्रमको आयोजना गरेका थियो । दृष्टि जाँचको क्रममा कमजोर दृष्टि भएका १५ जना बिद्यार्थीहरुलाई नेपाल आँखा अस्पतालको सहयोगमा निशुल्क चस्मा उपलब्ध गराइयो ।

    अम्बान २०४९ सालमा गठन गरिएको महेन्द्र भवन भुतपूर्व विद्यार्थीहरुको समूह हो । हाल यस संघमा आजीवन र साधारण सदस्य गरी कुल ३५० जना सदस्यहरु छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *