माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु


  • माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

    मङ्गलबार । इलाममा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो ।

    स्थानीय विनोद श्रेष्ठको घडेरी खन्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।



  • उनका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *