काठमाडौँ महानगरले आजदेखी तार व्यवस्थापन गर्ने


  • काठमाडौँ महानगरले आजदेखी तार व्यवस्थापन गर्ने

    काठमाडौँ । राजधानीका अव्यवस्थित तारको व्यवस्थित गर्ने काम आजदेखि सुरु हुने भएको छ । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्न लागिएको हो ।

    काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो । 



  • महानगरको उक्त सूचनापछि इन्टरनेट सेवाप्रदायकले तार काटिए सेवा ‘ब्ल्याक आउट’ नै गर्न चेतावनी दिएका थिए । दूरसञ्चार प्राधिकरणले आइतबार मात्रै सूचना जारी गरेर इन्टरनेट अत्यावश्यक सेवा भएको यसको पूर्वाधारमा क्षति पुग्ने काम नगराउन अनुरोध गरेको थियो । आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान) ले जानकारी दिएको छ । सहमति अनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *