इथियोपियामा हैजाका कारण ९४ जनाको मृत्यु


  • इथियोपियामा हैजाका कारण ९४ जनाको मृत्यु

    अदिस अबाबा । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ ।

    युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ । बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी दिइएको छ ।

    प्रभावित क्षेत्रमा करिब ४१ हैजा उपचार केन्द्र र एकाइ सञ्चालनमा रहेको र मे महिनाको सुरुसम्ममा अनुमानित ३५ हजार ८५० जनाले स्वच्छ पिउने पानी पाएका छन् ।



  • युएनओसीएचएको तथ्याङ्कअनुसार करिब एक लाख मानिसलाई यसअघि खोप लगाइएको थियो भने अप्रिलको सुरुसम्म उपलब्ध १९ लाख डोजसहितको नयाँ चरणको हैजा खोप अभियान मे महिनाको मध्यतिर सुरु हुनेछ । यद्यपि, प्रभावित क्षेत्रमा ७० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले यो अभियानबाट लक्षित समूहले सेवा पाउनेमा शङ्का व्यक्त गरिएको छ ।

    विशेष गरी सुरक्षित खानेपानी आपूर्ति प्रणाली, सरसफाइ र स्वच्छतामा रणनीतिक लगानीले असुरक्षा र विस्थापनबाट प्रभावित कमजोर समुदायमा समेत हैजाको जोखिमलाई हटाउन सक्ने उल्लेख गर्दै युएनओसीएचएले भनेको छ, ‘मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउन थप कोषको आवश्यकता देखिन्छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *