ढाकामोहन बरालको नयाँ पुल र नयाँ वर्ष


  • ढाकामोहन बरालको नयाँ पुल र नयाँ वर्ष
  • नयाँ पुल
    “बाबा, उताको पुलबाट किन कुनै पनि गाडीहरू नहिँडेर यो साँघुरो पुलबाट मात्रै हिँडेको ?,” छोरोले सोध्यो ।

    “पुलको काम बाँकी छ होला,” मैले अनुमान लगाउँदै छोरालाई जवाफ दिएँ ।

    बसमा सँगै बसेको एकजना भाइले भन्यो, “सुरुबाट नै गुणस्तर र मापदण्ड नपुर्याएको भनी विशेषज्ञले भन्दा भन्दै ठेकेदारको मुढे पेलाइले बनाएको हो ।”

    “कसरी जबरजस्ती बनाएछ त ?,” मलाई पनि जिज्ञासा लाग्यो ।

    “पुलको काम सक्दा नसक्दै मन्त्री हौँला र बिल पास गरौँला भनेर होला नि !,” कलेजबाट आफ्नो कोठामा जाँदै गरेको भाइले बसबाट ओर्लंदै भन्यो ।



  • सबैको आँखा पर्ने राजधानीमा त यसरी पेल्छन् भने हाम्रो गाउँ जाने बाटो कस्तो बनाए होलान् ? मलाई गाउँको बाटाको चिन्ता पर्यो ।

    नयाँ वर्ष
    “भोलि दिनभरि सबै घरमा नै बसौँ है आमा ?,” बाहिर डुल्न हिँड्दा खर्च गर्ने पैसा आमासँग नभएको कुरा बझेर छोरीले भनी ।

    “हो त ! हजुर, दिदी र म मात्र भए पनि सँगै घरमा बस्न कति रमाइलो हुन्छ । बिदा पनि छ,” पर्वको दिन पारिवारिक जमघटको रहर छोरामा पनि आयो ।

    “हुन त हुन्थ्यो, तर नयाँँ वर्ष मनाउने भनेर भोलि मैले काम गर्ने मेडमले घरमा धेरै पाहुना बोलाउनुभएको छ । काम पनि धेरै हुन्छ । मैले छुट्टी पाउँदिनँ,” नयाँ वर्षको पहिलो दिन छोराछोरीसँगै बस्ने चाहना हुँदाहुदै मैले आफ्नो बाध्यता सुनाएँ ।

    (पोखरा–७, मासबार)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *