सोमबारदेखि मेलम्चीको पानी दुई साता बन्द


  • सोमबारदेखि मेलम्चीको पानी दुई साता बन्द

    काठमाडौं । काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी भोलि (सोमबार) देखि बन्द हुने भएको छ ।

    सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित पानीको मुहानमा आवश्यक मर्मत सम्भार गर्नका लागि १ जेठदेखि दुई साताका लागि पानी वितरण बन्द गर्न लागिएको हो ।

    सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

    गत मंसिर अन्तिम साता मेलम्चीको खानेपानी आधा वर्षपछि पुनः काठमाडौं उपत्यकाका बासिन्दाका धारासम्म ल्याएर वितरण थालिएको थियो ।



  • पछिल्लोपटक २०७७ साल चैत दोस्रो सातादेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु भएको थियो । तर, २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले संरचनामा नै क्षति पु–याएपछि खानेपानी वितरण बन्द गरिएको थियो ।

    त्यसपछि बाढीले क्षति गरेको संरचना मर्मत गरेर अस्थायी रुपमा बनाएको संरचनामार्फत २०७९ वैशाख ११ मा पुनः पानी वितरण गरिएको थियो । सवा एक महिना पानी वितरण गरेपछि बाढीबाट सुरुङलाई जोगाउन भन्दै पुनः पानी वितरण बन्द गरिएको थियो ।

    आयोजनाले वर्षा सकिएपछि मेलम्चीको पानी सुरुङमा प्रवेश गराएको हो भने शुक्रबारदेखि काठमाडौं उपत्यकाका धारामा वितरण सुरु गरिएको थियो ।

    योपटक वर्षा सुरु हुनै लाग्दा आयोजनाले सामान्य अवस्थामा नै खानेपानी बन्द नगर्ने गरी मर्मत सम्भार गर्न लागेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *