मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु


  • मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु
  • काठमाडौं । मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ ।

    उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएर आगोलागी हुँदा भ्यानमा सवार २६ जनाको मृत्यु भएको हो ।

    मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । दुर्घटनापछि चालक फरार भएको अनुमान छ । दुर्घटनास्थल हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।



  • परिवारका सदस्यहरुसहित घुमघाम गर्न निस्किएकाहरु दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनास्थलमा भेटिएको परिचयपत्रको आधारमा दुर्घटनामा परि मृत्यु हुने मेक्सिकोकै नागरिक भएको प्रहरीले जनाएको छ ।

    अधिकारीहरुले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *