चट्याङ लागेर दैलेखमा एकै परिवारका चारजना घाइते


  • चट्याङ लागेर दैलेखमा एकै परिवारका चारजना घाइते

    दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् ।

    डुंगेश्वर गाउँपालिका–२, लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।



  • दैलेख अस्पतालमा घाइते चारैजनाको उपचार भइरहेको छ । उनीहरूको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा. धर्मराज रेग्मीले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *