भन्सारका कर्मचारीमाथि सिआइबीको छानबिन


  • भन्सारका कर्मचारीमाथि  सिआइबीको छानबिन

    काठमाडौं । शरणार्थीसम्बन्धि ठगी प्रकरणमा उच्च पदस्थलाई कारबाही गरेर चर्चामा आएको नेपाल प्रहरीले भन्सारका कर्मचारीमाथि पनि छानबिन थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विमानस्थलस्थित भन्सार कार्यालयका एक नासुलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

    शनिबार दिउँसो ब्यूरोले नासु रेवन्त खड्कालाई पक्राउ गरेको हो । उनी अराइभलमा डिउटीमै रहेका बेला पक्राउ परेका हुन् । नासु खड्काले विमानस्थलभित्र तस्करी लगायत विषयमा संगठित जालो चलाएको स्रोत बताउँछ । गम्भीर विषय भएकाले सिआइबीले यस विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

    उनीविरुद्ध केही प्रमाणहरू संकलन गरेपछि मात्र पक्राउ गरिएको सिआइबीका एक अधिकृत बताउँछन् । खासगरी सुन तस्करीमा उनको सेटिङ देखिएको छ । विभिन्न सामानभित्र लुकाएर सुन तस्करी हुने गरेकोमा उनले मिलाएर छुटाउने गरेका थिए । साथै मुद्दा शाखामा पनि उनको असुली डरलाग्दो थियो । पैसा पाएपछि त्यतिकै छाडिदिने र नपाए दुःख दिने नियत देखिएको छ ।



  • विमानस्थल भन्सार कार्यालयमा अरुण पोखरेल हाकिम छन् । उनी यसअघि वीरगञ्ज भन्सार चलाएका सहसचिव हुन् । उनी वीरगञ्ज भएकै बेलामा सबैभन्दा धेरै तस्करी मौलाएको स्रोत बताउँछ । विमानस्थलबाट पनि संगठित रुपमै तस्करी हुँदै आएको थियो ।

    भन्सार छलीमा राजश्व अनुसन्धान विभागले गरेको प्रारम्भिक छानबिनमै भन्सार कर्मचारीको मिलेमतो देखिएको छ । जसआधारमा पोखरेललाई अर्थ मन्त्रालयले हटाउने तयारी गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *