संसद् र सरकार अरूले नै चलाउँदो रहेछ : मन्त्री किराती


  • संसद् र सरकार अरूले नै चलाउँदो रहेछ : मन्त्री किराती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफू ‘सोकेसको मान्छे’जस्तो भएर बस्नुपरेको बताए ।

    पर्यटन क्षेत्रका धेरै ऐन बदल्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरे ।



  • मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषद्बाट पारित गराएर संसद्मा पेस गरिने बताए । त्यसलाई छिटो पारित गरिदिन उनले सांसदहरूको ध्यानाकर्षण गराए ।

    ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ, मन्त्री त ! हामी त सोकेसको मान्छे मात्रै रहेछौँ, मलाई लागेको कुरा यो हो’, उनले भने, ‘हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नु छ । संसद्मा हाम्रो सक्रिय भूमिका भइदिनुप¥यो । चासो गरिदिनुप¥यो । तपाईंहरूले बोलिदिनुप¥यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *