आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


  • आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । 



  • नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले प्रस्तुत गर्नेछन् । स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने/नसक्नेमा यसअघि संशय थियो । सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने तयारी गरिएको थियो । तर, उनको स्वास्थ्यमा सुधार आएकाले पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको कार्यालयले स्पष्ट पारिसकेको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *