भुटानी शरणार्थी प्रकरणमा मियाँ र रिजालको बयान आज


  • भुटानी शरणार्थी प्रकरणमा मियाँ र रिजालको बयान आज

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पछिल्लोपटक पक्राउ परेका दुई आरोपीसँग आज (शनिबार) वयान लिने भएको छ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार बिहीबार समातिएका भुटानी शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हज कमिटीका अध्यक्ष शमशेर मियाँको आज बयान लिन लागेको हो ।

    अदालतमा मुद्दा दायर गर्नुपर्ने समय थोरै भएका कारण आज (शनिबार) पनि बयान लिन लागेको न्यौपानेले बताए ।



  • संगठित अपराधका आरोपितविरुद्ध ६० दिनभित्र अनुसन्धान सकेर अभियोजन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सरकारी वकिल कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान प्रतिवेदन बुझाउन ताकेता गरे पनि अभियुक्त प्रक्राउ पर्ने क्रम जारी रहेकाले ढिलाइ भएको हो ।

    शनिबार दुई जनाको बयान सकेपछि भोलि(आइतबार) सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए ।

    प्रहरीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *