लडाकु शिविरमा घोटाला भएको छैन: उपाध्यक्ष महरा


  • लडाकु शिविरमा घोटाला भएको छैन: उपाध्यक्ष महरा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा कुनै घोटाला नभएको जनाएको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले लडाकु शिविरमा घोटाला नभएको प्रष्ट्याएको हुन् ।

    पार्टीको समसामयिक विषयमा जानकारी गराउन आयोजिक पत्रकार सम्मेलनमा उपाध्यक्ष महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन र समायोजनको जिम्मा राज्यले लिएको बताए ।



  • उपाध्यक्ष महराद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘यसका दुईटा पक्ष छन् । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब ४६ करोड पेस्की लिई व्यवस्थापन गरिएकोमा शान्ति प्रकृयाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसदको सार्वजनिक लेखा समिति, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको २०६९ बैशाख १४ को निर्णय समेतलाई आधार बनाई महालेखा परीक्षकले २०६९ जेठ १९ गते सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी समपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरवारमा पठाएको छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *