बुद्ध एयरको जहाजमा मुसा, उडान स्थगित


  • बुद्ध एयरको जहाजमा मुसा, उडान स्थगित

    काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुध्द एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ ।

    बुध्द एयरका अनुसार जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।



  • आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौँ ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुध्द एयरले सूचनामा उल्लेख गरेको छ । कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *