बढुवा भएका एसपीले लगाए दर्ज्यानी चिह्न


  • बढुवा भएका एसपीले लगाए दर्ज्यानी चिह्न

    नेपाल प्रहरीमा हालै प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका २२ मध्ये २१ जनाले दर्ज्यानी चिह्न लगाएका छन्।

    नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को जेठ ५ गतेको निर्णयले बढुवा भएका उनीहरूलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

    दर्ज्यानी चिह्न लगाउनेहरूमा एसपीहरू गौतमकुमार केसी, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रवीन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तीमगर, वासुदेव पाठक, रूपेश खड्का छन्।



  • यस्तै मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरिया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेलले पनि एसपीको दर्ज्यानी चिह्न लगाएका हुन्।

    उनीहरूसँगै बढुवा भएकी एसपी वसुन्धरा खड्काले भने हाल तालिमको सिलसिलामा विदेशमा रहेकाले दर्ज्यानी चिह्न लगाउन पाइनन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *