विराटनगरमा ३५ किलो चाँदीसहित तीन जना पक्राउ


  • विराटनगरमा ३५ किलो चाँदीसहित तीन जना पक्राउ

    विराटनगर । सुन चाँदीका गहना चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विराटनगर क्षेत्रमा श्रुँखलाबद्ध चोरी कार्यमा संलग्न उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी बरामद गरेको छ ।

    पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका–१२ वस्ने वर्ष २१ को राजकुमार कामत, वर्ष १९ वर्षका विवेक कामत र वर्ष २२ को श्रीकान्त दास रहेका छन् । उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारतीय रुपैयाँ २ हजार पाँच सय, १ हजार ७३० नेपाली रुपैयाा र मोबाइल २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रकाउ परेकाहरुमध्ये विवेक कामत चोरी मुद्दामा २०७९ साउन २२ गतेदेखि ९ महिनाको सजाय भुक्तान गरेर वैशाख २८ गते छुटेका थिए । यस्तै, श्रीकान्त दाससमेत डाँका चोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि करिब २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका प्रहरीले जनाएको छ ।

    यही जेठ २ गते विराटनगर महानगरपालिका–३ पिपलचौकस्थित जयकिशोर चौधरीको घर चोरी भएको सूचना बेलुका ०९ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङमा प्राप्त भएपछि सादा पोसाकमा तथा घटनास्थल मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानको लागि तत्कालै प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोलीको परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



  • पीडितका अनुसार उनको घरबाट २० तोला सुन (अन्दाजी मूल्य २० लाख) र ३६ केजी चाँदी (अन्दाजी मूल्य ४१ लाख) जम्मा ६१ लाख बराबरको चोरी भएको थियो । पीडित जयकिशोर चौधरी र खाँ ज्वेलर्सका संचालक ज्योती प्रसाद खाँ सुन चाँदीको कारोबार अन्तर साझेदारीमा गर्ने गरेका थिए ।

    चोरीको अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट छुट्टै ८ जनाको टोली परिचालनमा गरिएको थियो । प्रहरीले ७ दिनदेखि चोरीको घटनालाई सुक्ष्म तवरले अनुसन्धान गर्दै सूचना सकंलन गर्ने तथा निगरानी गर्दै आएको थियो ।

    पक्राउ परेका व्यक्तिहरुले २ वटा कालो भिर्ने ब्यागमा चाँदीको सामानसहित भारततर्फ जाने क्रममा पक्राउ परेका थिए । चोरी गरेको सुन भारतको जोगवनीमा ७ लाखमा बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *