सङ्घीय संसद्को संयुक्त बैठक ११ बजे बस्दै


  • सङ्घीय संसद्को संयुक्त बैठक ११ बजे बस्दै

    काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

    त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।



  • उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । आजै दिउँसो एक बजे संसद्को नियमित बैठक पनि बस्दैछ । सो बैठकमा अथ मन्त्री डा प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९-०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *