ब्राजिल र स्पेनले रंगभेदविरुद्ध खेल्ने


  • ब्राजिल र स्पेनले रंगभेदविरुद्ध खेल्ने

    एजेन्सी – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले आफ्नो टोलीका सदस्य भिनिसियस जुनियरको समर्थनमा रंगभेदविरुद्धको एक भागको रूपमा अर्को वर्षको मार्चमा स्पेनसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

    खेल ब्राजिली विंगर भिनिसियसको क्लब रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । भिनिसियस विगतको अभियानमा रियलबाट खेल्दा स्पेनमा धेरै पटक जातीय दुव्र्यवहारको निशाना बनेका थिए । 

    ‘फुटबलमा जातीय अपमानको लागि कुनै ठाउँ छैन ।’ स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुवियालेसले भने । स्पेनका अध्यक्ष रुवियालेस र ब्राजिल फुटबल फेडेरेसन (सिविएफ) अध्यक्ष एडनाल्डो रोड्रिग्सले ‘एउटा छाला’ नारा अन्तर्गत आफ्नो जातिवाद विरोधी अभियान सुरु गर्ने निर्णय गरेका हुन् । 

    ‘यो बुझ्न महत्वपूर्ण छ कि फुटबल अधिकारीहरुद्वारा नस्लवादको मामलामा कडा सजाय लागु गर्न आवश्यक छ ।’ रोड्रिग्सले भने । ‘जरिवाना मात्र पर्याप्त छैन । क्लबहरू पनि जवाफदेही हुनुपर्छ । 

    सिविएफ पहिलो फुटबल महासंघ थियो जसले नस्लवादका मुद्दाहरूमा कडा प्रतिबन्धहरू अपनाएको थियो । सिविएफले लिगमा अंक कटौतीसँगै क्लबका सदस्यहरूलाई आजीवन निष्कासनसम्म गरेको थियो । 



  • ‘फुटबलमा सबैलाई लाजमर्दो पार्ने यो भाइरसविरुद्ध लड्न हामीले विश्वव्यापी अभियानको नेतृत्व गर्नुपर्छ ।’ ब्राजिलले शनिबार बार्सिलोनामा गिनीसँग र तीन दिनपछि लिस्बनमा सेनेगलसँग खेल्नेछ । 

    २२ वर्षीय भिनिसियसलाई पछिल्लोपटक स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध खेल्दा जातीय दुव्र्यवहारको घट्ना भएको थियो । जुन खेलको अन्त्यमा हिंसात्मक आचरणको लागि रातो कार्ड खारेज गरिएको थियो । 

    ला लिगाका अध्यक्ष जेभियर टेबास सामाजिक सञ्जालमा भिनिसियसलाई तपाईले आफैंलाई राम्ररी जानकारी दिन आवश्यक रहेको बताएपछि चौतर्फी विरोध हुँदा पछि टेवासले भिनिसियससँग माफी मागेका थिए । 

    ‘यो असहनीय छ कि भ्यालेन्सियासँग के भयो ? यस्तो घट्ना हाम्रो देशमा भएको छ ।’ रुबियालेसले भने, ‘मलाई दुःख लाग्छ किनभने यसले हाम्रो देश र हामी को हौं भनेर प्रतिनिधित्व गर्दैन र विश्वव्यापी रूपमा हाम्रो प्रतिष्ठालाई धमिलो पार्छ । हामीलाई नस्लवादको साथ समस्या छ र लड्नु पर्छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *