राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी


  • राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनालाई स्थायी रोजगारी दिने भएको छ । ४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जनाको लागि रोजगार दिने भएको हो ।

    आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ । बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले सबै प्रदेशमा रोजगारी दिन लागेको हो । रोजगारीका लागि असार १० गतेदेखि आवेदन दिन सकिने छ ।



  • आवेदन अनलाइनबाट नै दिन सकिने छ । आवेदन दिँदा लाग्ने शुल्क पनि अनलाइनबाट नै भुक्तानी गर्नुपर्ने छ । चौथो र पाँचौ तहका लागि आवेदन दिन ५०० र ६ देखि ९ तहसम्मका लागि ७०० रुपैयाँ लाग्ने बैंकले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *