कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, आज ४६४ जना थपिए


  • कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, आज ४६४ जना थपिए
  • काठमाडौं २३, साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएको बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १५ हजार ८ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १० हजार २ सय ७ जना क्वारेन्टिनमा रहेका छन्। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *