डेंगुका बिरामी बढेसंगै सतर्क रहन मन्त्रालयको अनुरोध


  • डेंगुका बिरामी बढेसंगै सतर्क रहन मन्त्रालयको अनुरोध

    काठमाडौं । नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन् । पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्।



  • स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ। पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका बताइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *