सुनसरीमा मोटसाइकल र पिकअप भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु


  • सुनसरीमा मोटसाइकल र पिकअप भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु

    काठमाडौं । सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप भ्यान आपसमा ठोकिँएर दुर्घना हुँदा ३ जनाको मृत्यु भएको छ।

    शुक्रबार राती पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घछना हुँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

    ४ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको सुनसरी प्रहरीले जनाएको छ। तीनै जनाको बिपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।



  • शम्भु र करणको गएराति १२ बजेर ३० मिनेटमा निधन भएको हो भने अनिनासको उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका प्रेमलाल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।​

    चारजनामध्ये को चालक हो भन्ने प्रहरीले यकिन गरेको छैन। उक्त मोटरसाइकल भने शम्भु चौधरीको नाममा दर्ता भएको ट्राफिक महाशाखा रामशाहपथले जनाएको छ। पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *