मणिराम पोखरेलको ‘जारी’ले मनायो सय दिन


  • मणिराम पोखरेलको ‘जारी’ले मनायो सय दिन

    काठमाडौं । करिब पांच वर्षपछि नेपाली फिल्म ‘जारी’ ले प्रदर्शनको सय दिन पूरा गरेको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको फिल्म ‘जारी’ गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको हो ।

    उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी’ यतिबेला काठमाडौं उपत्यकामा तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए ।



  • ‘सय दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए’, उनले भने । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ‘जारी’ को गत असार ३१ गतेसम्म छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत रु १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ ।

    फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतको पनि अभिनय छ । रामबाबु गुरुङ निर्मित फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । धरान, पोखरा, चितवनका हलमा फिल्म ८० दिनभन्दा बढी समय चलेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *