गौरिका र नासिरको नयाँ कीर्तिमान


  • गौरिका र नासिरको नयाँ कीर्तिमान

    काठमाण्डौं : दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

    जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको हो । 

    २०० मिटर फ्रि स्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भएका हुन् । 

    यसअघि नासिरको नाममा १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । नासिरले उक्त किर्तिमान ११औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए। नासिरले आइतबार ४०० मिटर फ्रि स्टायलमा पनि ४ मिनेट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए । 



  • यस्तै महिलातर्फ दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले पनि राष्ट्रिय कीर्तिमान बनाउन फिल भएका छन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्डमा दुरी पुरा गरि कीर्तिमान बनाएकी हुन् । 

    यसअघि गौरिकाले १ मिनेट ७.३१ सेकेन्ड समयको कीर्तिमान बनाएको थिया । उनले उक्त कीर्तिमान भारतको गुहावटीमा भएको १२औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिइन् । 

    मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस् टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् । बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वल्र्ड एक्वाटिक्सको नामाकरण गरी प्रतियोगिता आयोजना गरेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *