इटालीले अर्जेन्टिनालाई १–० ले हरायो


  • इटालीले अर्जेन्टिनालाई १–० ले हरायो

    अकल्यान्ड – अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप २०२३ मा इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ । इटालीले अर्जेन्टिनालाई १–० ले पराजित गरेको हो । इटालीको जितमा खेलको अन्तिम समयमा क्रिष्टिएना जिरेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले बराबरीतर्फ धकेलिएको खेलको ८७औं मिनेटमा गोल गर्न सफल भएका थिइन् । 

    न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर खेर फाल्यो । तर, खेलको अन्तिम समयमा क्रिष्टिएनाले गोल गर्दै इटालीलाई जित दिलाएर ३ अंक दिलाइन् । 



  • यस जितसँगै समूह ‘जी’ मा इटालीले ३ अंक बटुलेको छ । समान ३ अंक नै रहेपनि स्वीडेन गोल अन्तरमा शीर्षस्थानमा छ । यो समूहमा दक्षिण अफ्रिका र अर्जेन्टिनाले अंकको खाता खोल्न सकेको छैन।हाम्रोखेलकुद

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *