एक एसपी र २ डिएसपीको काज सरूवा


  • एक एसपी र २ डिएसपीको काज सरूवा

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी) र दुईजना नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।

    प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएपछि रिजाललाई मकवानपुर खटाइएको हो ।



  • त्यस्तै डिएसपी दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय बारा काज सरुवा भएको छ भने न्यौपानेको ठाउँ नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडैंमा पुरुषोत्तम प्रसाद पाण्डेलाई पठाइएको छ ।

    अर्को आदेश नभएसम्मको लागि काजमा खटाइएको प्रधान कार्यालयले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *