रुकुम पश्चिममा पहिरोले पुरिएर दुईको मृत्यु,एकजना घाइते


  • रुकुम पश्चिममा पहिरोले पुरिएर दुईको मृत्यु,एकजना घाइते

    रुकुम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।

    पहिरोमा परी एकजना घाइते भएका छन् । आइतबार दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको सुख्खा पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्राईले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्य भएको हो ।



  • त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते हुनुभएको छ । खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भट्राईले बताए । घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उनको भनाइ छ । तीनै जना करिव पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *