सारुकले सुसाइड नोटमा लेखे–‘यो सबै मेरो गल्ती हो कसैलाई ब्लेम नगर्नु’


  • सारुकले सुसाइड नोटमा लेखे–‘यो सबै मेरो गल्ती हो कसैलाई ब्लेम नगर्नु’

    काठमाण्डौं : तीन साताअघी (असार २१ गते) रातोपुलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलको नोट्स प्याडमा सुसाइड नोट भेटिएको छ । सारुकले मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेका हुन् । उनले आफ्नो सुसाइड नोटमा विवाद ननिकाल्न र कसैलाई दोष नदिन प्रहरीसँग आग्रह गरेका छन् ।

    सारुकले लेखेका छन्–‘पुलिसहरु डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यही इन्ड हुनु थियो । सो सकियो । मेक मी रेस्ट इन पीस । धन्यवाद ।’

    सारुकले आमालाई सम्बोधन गर्दै ‘अर्को जुनीमा तपाईंकै छोरा भएर जन्मिन पाउँ’ भनेर लेखेका छन् । सुसाइड नोटमा उनले साथीभाईलाई पनि सम्झेका छन् ।



  • सारुकको निधनको बिषयमा विभिन्न खालका अड्कलबाजीहरु सार्वजनिक भैरहेको समयमा उनको सुसाइड नोटले यो घटनालाई नयाँ मोड दिएको छ । प्रहरीले अब यही सुसाइड नोटलाई आधार मानेर प्रतिवेदन वुझाउने तयारी गरेको छ ।

    असारको २१ गते चलचित्र ‘ह्यासट्याग माया’को छायांकन सकेर फर्किएका सारुकले आमा-बुबा आफन्तको पार्टीमा गएको बेलामा आफ्नै घरको भर्याङमा झुन्डिएर आत्महत्या गरेका थिए । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *