बाँकेमा ३० प्रहरीसहित ४६ जनामा कोराना पुष्टि


  • बाँकेमा ३० प्रहरीसहित ४६ जनामा कोराना पुष्टि
  • नेपालगन्ज २५, साउन । बाँकेमा आइतवार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फेसबुकमार्फत त्यसको पुष्टि गर्नुभएको छ । संक्रमितमध्ये प्रहरी कर्मचारीको संख्या समेत धेरै छ । वडा प्रहरी कार्यालय नेपालगन्जका २९ र एक जना बागेश्वरी मन्दिरमा खटिने प्रहरीमा भाइरस पुष्टि भएको हो । बाँकेमा कोरोना संक्रमणको संख्या दैनिकरुपमा थपिदै गएको छ । आइतवार थप भएका संक्रमित सहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको जिल्ला स्वास्थय कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये चार सय दुई जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । भाइरस संक्रमणबाट बाँकेमा दुईजनाको मृत्यु भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *