तस्करीको सुन गालेर सकियो, गुणस्तर र वास्तविक तौल आउन केही दिन लाग्ने


  • तस्करीको सुन गालेर सकियो, गुणस्तर  र वास्तविक तौल आउन केही दिन लाग्ने

    काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ । बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । 

    गालेर विस्कुट आकारमा तयार पारिएको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । 

    यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुनको वास्तविक तौल कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्ने महाशाखाका अधिकारीले बताएका छन् ।



  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको सुन सिनामंगलको रोडबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

    सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ । यस प्रकरणमा १९ जना पक्राउ परेका छन् । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *