एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स


  • एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा वित्तीय रिपोर्ट सार्वजनिक भएको छ ।

    नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको वित्तीय रिपोर्ट अनुसार साउनमा मात्र १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको हो । यो गत वर्षको तुलनामा २५.८ प्रतिशतको वृद्धि हो । 

    अघिल्लो वर्षको साउन मसान्तमा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । 

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।



  • समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको केन्द्रीय बैंकले जनाएको छ । 

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु.१२८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *