प्रहरीद्वारा गैह्रीगाउँ सामूहिक हत्यामा संलग्न आरोपी सार्वजनिक


  • प्रहरीद्वारा गैह्रीगाउँ सामूहिक हत्यामा संलग्न आरोपी सार्वजनिक

    काठमाडौं । काठमाडौं तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपित सञ्जय भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार प्रहरीले उनलाई पत्रकारसमक्ष सार्वजनिक गरेको हो ।

    भण्डारीले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । उनले आफूले गल्ती गरेको भन्दै प्रहरीसँग माफीसमेत मागे । उनले आफूलाई मिडियामा नदेखाउन समेत आग्रह गरेका थिए । आफूलाई पहिलोपटक हत्या गर्दा जेल जानुपर्छ, प्रहरीले पक्राउ गर्छ भन्ने थाहा नभएको समेत बताएका थिए ।



  • यसैबीच यसअघि पक्राउ परेका दीपेन्द्र राईलाई रिहा गरिएको छ । उनको हत्यामा कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको बताए।

    शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *