संविधान दिवसको अवसरमा ६७० जना कैदीको सजाय माफ


  • संविधान दिवसको अवसरमा ६७० जना कैदीको सजाय माफ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुनेगरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन् ।

    मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १ क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–WH–०९३९ र रिट नम्बर ०७९–WH– ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूचीबमोजिमका उल्लिखित भीमबहादुर खवाससमेत ४९७, हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत ३ जना गरी जम्मा ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को २०८०.०५/२९ को बैठकको सिफारिसबमोजिम २०८०/०६.०३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ ।’



  • प्रत्येक वर्ष संविधान दिवशका अवसरमा राष्ट्रपतिद्वारा कैदीबन्दीको सजाय मिनाह गरिँदै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *