२२ प्रहरी कर्मचारीहरु सम्पर्कविहीन


  • २२ प्रहरी कर्मचारीहरु सम्पर्कविहीन

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २२ प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बुधबार सूचना प्रकाशित गर्दै प्रहरी हेडकवार्टरले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

    सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल वि.सु गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राई रहेका छन् ।



  • त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवानहरू महिना दिन भन्दा बढि समयदेखि सम्पर्कविहीन छन् ।उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *