मंगोलियामाथि नेपालको फराकिलो जित


  • मंगोलियामाथि नेपालको फराकिलो जित

    काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध नेपालको सानदार जीत हात पारेको छ । मंगोलियासँग आज (बुधबार) भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो।

    युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो।

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको थियो। पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेको थियो।



  • नेपाली ब्याटरले शाननदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए । फलतः नेपाल टी–२० आइकै कीर्तिमानी स्कोर बनाउन सफल भयो। मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए।

    तेस्रो नम्बर क्रिजमा आएका कुशलले कीर्तिमानी शतक बनाएका हुन्। कुशलले ५० बलमा एक सय ३७ रन बनाए। कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए।

    यसअघि कुशल मल्लले ३४ बलमा शतक बनाए। उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए। कुनै पनि खेलाडीले ३४ बलमा शतक बनाएको पहिलो पटक हो। अब नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *