इजरायलबाट आज २५४ बिद्यार्थी नेपाल ल्याइँदै


  • इजरायलबाट आज २५४ बिद्यार्थी नेपाल ल्याइँदै

    काठमाडौं । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन् ।

    इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ ।



  • परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *