बिहार रेल दुर्घटना: ६ जनाको मृत्यु,१०० जना घाइते


  • बिहार रेल दुर्घटना: ६ जनाको मृत्यु,१०० जना घाइते

    एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ । 

    दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना हुँदा ६ जनाको मृत्यु र १०० जना घाइते भएका छन् । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।



  • यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *