कानुनी प्रक्रिया नपुगेको भन्दै इजरायलमा मृत्यु भएका १० विद्यार्थीको शव ल्याउन ढिलाई


  • कानुनी प्रक्रिया नपुगेको भन्दै इजरायलमा मृत्यु भएका १० विद्यार्थीको शव ल्याउन ढिलाई

    काठमाडौं । इजरायलमा मृत्यु भएका १० जना विद्यार्थीको शव तत्काल नल्याइने भएको छ । नेपाली नागरिक लिन बुधबार राति इजरायल गएको नेपाल एयरलाइन्सको जहाजले मृतक १० जनाको शव आज नल्याउने भएको हो ।

    पोस्टमार्टमलगायका कानुनी प्रक्रिया बाँकी रहेकाले कानुनी प्रक्रिया पूरा गरेर १० जनको शव पनि छिट्टै ल्याउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताए ।



  • उनले भने, ‘नेपालबाहेक अरू देशका नागरिकको शव पनि इजरायल सरकारले शव हस्तान्तरण गरेको छैन। कानुनी प्रक्रिया पूरा नगरि अहिले तत्काल शव ल्याउन सम्भव छैन । पोष्टमार्टमलगायत काम गर्न बाँकी नै छ । यसमा परिवारजनले उच्च बुझाइ राखिदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं,’ लम्सालले भने ।

    परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल सरकारले शव नेपाल ल्याउन सहयोग गर्ने आश्वासन दिइसकेको छ । इजरायलमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विज्ञानमा अध्ययनरत विद्यार्थी ११ महिने इन्टर्नका लागि गएका १० जनाको हमास समूहको आक्रमणबाट मृत्यु भएको थियो । बुधबार राति नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *