काठमाडौंमा छोटो दूरीको गाडीमा जोर विजोर प्रणाली कायमै,लामो भदौ मसान्तपछि मात्रै


  • काठमाडौंमा छोटो दूरीको गाडीमा जोर विजोर प्रणाली कायमै,लामो भदौ मसान्तपछि मात्रै
  • काठमाण्डाै । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले छोटो दूरीका सवारी साधनहरु चलेपनी लामो दूरीको यातायात भने भदौ मसान्तपछि मात्रै सञ्चालन हुने बताएका छन् । 'हाल काठमाडौंमा सार्वजनिक सवारी साधनहरु अहिले जसरी नै चल्छन् । काठमाडौंमा जोर विजोर प्रणाली कायमै रहेको बताउदै पछिल्लो समय कोरोना संक्रमणको स्थिति जटिल बन्दै गएकोले हामी सबै सचेत हुन समेत उनले आग्रह गरे । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई सेवा र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालन नहुने निर्णय गरेको थियो । यसअघि सरकारले भदौ १ गतेदेखि लामो दूरीको सवारी साधन र हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको थियो भने कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले भदौ १५ या १६ गतेदेखि हवाई सेवा र लामो दूरीको यातायात सञ्चालन गर्न सिफारिस गरेको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *