कतारमा हुने ‘गैर आवासीय नेपाली तारा २०२३’को डिजिटल अडिसन खुल्ला


  • कतारमा हुने 'गैर आवासीय नेपाली तारा २०२३'को डिजिटल अडिसन खुल्ला

    दर्शन सुनार, कतार : राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ कतारमा ' गैर आवासीय नेपाली तारा २०२३'को चौथो सिजन आयोजना हुनेभएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु समाज कतारको संयुक्त आयोजनामा 'नेपाली तारा २०२३' कार्यक्रम आयोजना गर्न लागिएको हो।

    उक्त कार्यक्रम गायन र नृत्य विधा गरि दुई विधामा हुने मंगलबार साझँ बसेको आयोजक कमिटिको बैठकले जनाएको छ । बैठकले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि मुल आयोजक समितिसहित ११ वटा उपसमिति पनि गठन गरेको छ ।

    एनआरएनए एनसिसी कतारका अध्यक्ष रमेश भट्ट, तमु समाज कतारका अध्यक्ष टौमाया गुरुङसहित उतम गुरुङ, रोशन अर्याल, धन बहादुर गुरुङ र मदन गुरुङ लगायतका विभिन्न व्यक्तिहरुको उपस्थितिमा सम्पन्न बैठकले कार्यक्रमको तालिका पनि सार्वजनिक गरेको छ।



  • सार्वजनिक गरिएको तालिका अनुसार बुधबारदेखि डिजिटल अडिसन खुल्ला गरीएको छ। नोभेम्बर १ देखि नोभेम्बर २५ सम्म डिजिटल  अडिसनको मिति तय गरिएको छ। डिजिटल अडिसनबाट छनोट भएका प्रतियोगीहरुले पहिलो अडिसनमा भाग लिन पाउनेछन्।

    आयोजकका अनुसार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा डिसेम्बर १ मा पहिलो चरणको अडिसनमा प्रतिस्पर्धा गराइनेछ । त्यस्तै, दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरि २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालीका रहेको छ । दोस्रो, तेस्रो र ग्राण्ड फिनालेका लागि स्थान र समयका बारेमा एक हप्ता अगाडि सूचना मार्फत जानकारी गराइने कार्यक्रमका निर्देशक रोशन अर्यालले जानकारी दिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *